भुलेर पनि राति यी खानेकुराको सेवन नगरौँ

0 8

आजभोलि सबै जना पैसा कमाउनुको पछि भागिरहेको हुन्छन् । यस्तो अवस्थामा उनीहरु आफ्नो स्वास्थ्यको हेरचाह गर्न भ्याईरहेका हुदैनन् । आफ्नो स्वास्थ्यको ख्याल नराखेको र अस्वस्थ्य खानपिनको बनि हुने भएको कारण शरीरको तौल बिस्तारै बढ्दै जाने गर्छ । कहिँ अवस्थामा त येही मोटोपनको कारणले अरुको अगाडी लाज पनि हुने गर्छ ।

धरैजसो मोटोपनको कारण गलत खानपिनको बानिले पनि हुने गर्छ । कुनै कुनै बेला मान्छेहरुले यस्तो चिज खान्छन् जसले एकै चोटी शरीरको तौल ह्वात्त बढ्ने गर्छ । कुनै कुनै खानेकुराको सेवनले चाडो शरीरको तौल बढ्ने गर्छ ।

यी खानेकुराहरुको सेवनले शरीरको तौल चाडो बढ्ने गर्छ :

  • यदी तपाईहरु आफ्नो शरीरको तौल नबढोस भन्ने चाहनु हुन्छ भने कहिले पनि रति सुत्नु अघि घ्यू वा क्रिम भएको खानेकुरा नखानु । रातमा यस्ता खानेकुराको सेवनले शरीरको तौल बढ्ने गर्छ ।
  • रति स्त्नु अघि कहिलेपनि सेतो ब्रेड खानु हुदैन । यसको सेवनले हाम्रो खुनको मात्रामा शुगर बढाउने काम गर्छ । साथै यसमा फाइबरको मात्र नहुनुको बराबर हुन्छ जसले गर्दा शरीरमा फ्याट बढ्ने गर्छ ।
  • केरा जस्तो फलफुल हाम्रो स्वास्थ्यको लागि एकदम राम्रो मानिन्छ । तर यदी यसको सेवन राति सुत्न अघि गरियोभने यसले हाम्रो शरीरको तौल चाडो बढाउने काम गर्छ । त्यसैले सुत्न अघि रति केराको सेवन नगरौँ ।
  • यदी तपाई राती सुत्न अघि वाइट बटरको सेवन गर्नु हुन्छ भने पनि तपाईको शरीरको तौल छिटो बढ्न थाल्छ । त्यसैले भुलेर पनि राति सुत्न अघि वाइट बटरको सेवन गर्नु हुदैन ।

आजकलको जमानामा सबैलाई दुब्लो र राम्रो देखिने मान हुन्छ । हाम्रो समाजमा पातलो मान्छे लाई फुर्ति र मोटोलाई अल्छिको रुपमा हेर्ने गरिन्छ । तर खासमा शरीरको तौल धरै र थोरै हुनुमा अल्छीपानको कुनै असर हुदैन । तौलमा घटबढ भनेको हाम्रो खाने बानीले हुने गर्छ । यदी हामीलाई हाम्रो तौल नबढेको मन पर्छ भने अजिबाट माथि भनिएको खानेकुराहरुको राती सेवन गर्ने काम बन्द गरौँ । यसो गर्नाले हाम्रो शरीरको तौल बढ्नबाट रोकिन्छ र हामी स्वास्थ्य पनि रहन सक्छौँ ।

Leave A Reply

Your email address will not be published.