आफ्नो आँखालाई कमजोर हुनबाट यसरी बचाउनुहोस्

0 26

वर्तमान कालमा धरैजसो मान्छेहरुको आँखा कमजोर हुनेगर्छ । आँखा कमजोर भएको समस्याले गर्दा मान्छेहरुलाई धरै समस्या हुने गर्छ । साथै आँखा कमजोर भएको कारण मान्छेमा इरिटेसन पनि हुने गर्छ ।

आजकल धरैजसो साबैजना आफ्नो अधिकांस समय आफ्नी मोबाइल फोन र कम्प्युटर अगाडी बसेर बिताउने गर्छन । येही हो आँखा कमजोर हुनुको सबै भन्दा ठुलो कारण । जो मान्छे बेसी मोबाइल फोन र कम्प्युटरको अगाडी बेसी समय बिताउने गर्छन् धरैजसो त्यस्तै मान्छेलाई आँखा कमजोर हुने समस्या भइरहेको हुन्छ ।

आँखाको ज्योतिलाइ घट्न नदिनको लागि पौष्टिक खानेकुरा खाने गर्नुपर्छ । यो बाहेक व्यायाम पनि धरै महत्वोपूर्ण हुन्छ । हामीले हाम्रो आँखाको रेखदेख गर्नु पनि आवश्यक हुन्छ । आँखाको रेखदेख गर्ने केहि उपायहरु यस प्रकार छन् :

  • आँखालाई स्वास्थ्य राख्न प्रयाप्त मात्रामा निन्द्रा पुर्याउनु पर्छ । कम से कम दिनमा ८ घण्टा सुत्नु पर्छ ।
  • भिटामिन र मिनिरलले भरेको सागसब्जी खानु पर्छ । यस्तो खानेकुराको आँखाको ज्योति बढाउने काम गर्छ ।
  • नियमित व्यायाम गर्नाले आँखालाई अधिक मात्रामा खुन र अक्सिजन पम्प गर्ने काम गर्छ जसले गर्दा आँखालाई स्वास्थ्य हुन मदत मिल्छ ।
  • कम्प्युटर चलाउने गरिन्छ भने बिचबिचमा केहि समयको लागि आराम गर्नुपर्छ । सकेसम्म हरेक २० मिनेटपछि २० सकेन जति आराम गर्नु जरुरि छ । यसो गर्नाले आँखालाइ फ्रेश हुने मौका मिल्छ र चाडै थाकेको महसुस पनि हुदैन ।
  • आफ्नो आँखालाई घामबाट आउने हानिकारक ज्योतिबाट सकेसम्म बचाउनु पर्छ । घामको किरण बाट आँखालाई समस्या हुन थालेको अवस्थामा राम्रो क्वालिटीको चस्मा लगाउन सकिन्छ।
  • सस्तो र नराम्रो क्वालिटीको चस्मा वा लेन्स लगाउनाले आँखालाई नराम्रो असर पर्ने गर्छ ।

आँखा हाम्रो शरीरको अत्याधिक महत्वोपूर्ण अंग हो । यस बिना हामीले संसारको सुन्दर वास्तावारणलाई नियाल्न पाउदैनौं । हामीले सकेसम्म मोबाइल फोन र कम्प्युटरको प्रयोग कम समयसम्म मात्र गर्ने बनि बसाल्नु पर्छ । साथै धरै सागसब्जी खाने बनि बसाल्नु पर्छ । समय समयमा चिसो र सफा पानीले आँखा सफा गर्नु पर्छ । लामो बेर सम्म कम्प्युटरको अगाडी बसेर काम गर्नु पर्ने अवस्था छ भने समय समयमा आँखालाई फ्रेश गराउन काम बाट आराम गर्नु पर्छ । यसो गर्नाले हाम्रो आँखा चाडै कमजोर हुदैन ।

Leave A Reply

Your email address will not be published.