कपाल झर्ने समस्याबाट यसरी छुट्कारा पाउनुहोस्

0 24

राम्रो र सिल्की कपाल चाहनु सामान्य हो । राम्रो कपालले हाम्रो पर्संयालिटीलाई पनि सुधार्न मदत गर्ने गर्छ । त्यसैले आफ्नो कपाललाई स्वाथ्य, बाक्लो र सिल्की बनाउनको लागि भरपूर रुपमा कपाललाई पोषण दिनु जरुरि हुन्छ । यसो गर्नाले कुनै नोक्सानी बिना प्राकृतिक रुपमा कालो, बाक्लो र सिल्की बनाउन सकिन्छ ।

मह र घ्यूकुमारीलाई कपालको लागि वर्दान मानिन्छ । यिनीहरुले कपाललाई बाक्लो बनाउने र चाडो बढ्न मदत गर्ने काम गर्छ । घ्युकुमरिमा भिटामिन, सेलेनियम र अरु कैयो प्रकारका पौष्टिक तत्वो हुन्छन जसले कपालमा हुने चायाको समस्यालाई हटाउने जस्तो काम गर्छ ।

यी दुई चिजलाई कसरी प्योरग गर्ने त? घ्मायूरी र मह बराबर मिसाएर त्सको पेस्ट बनाउने र सबै कपालमा लगाउनाले यसले कपाललाइ दह्रो, बाक्लो र सिल्की हुन मदत गर्छ । हप्तामा १ चोटी मात्र पनि यसको प्रयोगले कपालमा भिन्नता देखिन थालिन्छ । तपाईलाई पनि आफ्नो कपाल बाक्लो र सुन्दर भएको हेर्न चाहनु हुन्छ भने यस पेस्टको प्रयोग गर्न सक्नू हुन्छ ।

कपाललाई बलियो सिल्की बनाउने अरु उपाय भनेको नरिवल र जैतुनको तेलको प्रयोग पनि हो । यो तेलको प्रयोग तपाईले हप्तामा ३ चोटी आफ्नो कपाल र तालुमा हालेर मालिस गर्न सक्नूहुन्छ र यसको परिणाम आफ्नै आँखाले हेर्न सक्नू हुन्छ । यी तेलको प्रयोग गर्नाले कपाल झर्ने जस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

कपालको लम्बाई बढ्ने कुरा हाम्रो स्वास्थ्य र खानामा भर पर्ने गर्छ । हामीले जति आफ्नो स्वास्थ्यको ध्यान गर्छौं र पोषिलो खानेकुरा खान्छौं त्यति नै हाम्रो कपाललाई पनि फाइदा हुने गर्छ । तपाईलाई पनि आफ्नो कपाल लामो, दह्रो, बाक्लो र सिल्की भएको हेर्न चाहनु हुन्छ भने माथि भनिएका उपायहरु अपनाउन सक्नू हुन्छ ।

Leave A Reply

Your email address will not be published.