हरियो मटर खानका फाइदाहरु

0 52

हरियो मटर हामी नेपालीहरु एकदमै लोकप्रिय तरकारी हो । हरियो मटर जाडो महिनामा धरै मात्रामा पाइने गर्छ । हरियो मटर खाँदा हाम्रो स्वास्थ्यलाई पनि धरै फाइदा हुने गर्छ । हरियो सब्जीहरुलाई हाम्रो स्वास्थ्यको नजरले हेर्दा एकदमै राम्रो मानिन्छ ।

हरियो मटरको सेवनले हाम्रो शरीरमा कोलेस्ट्रोल लेभल कम काम गर्छ । त्यसैले यो खानाले मुटुको रोग लग्न सक्ने सम्भावना पनि कम हुन्छ । यसको दैनिक सेवनले हाम्रो मुटुलाई स्वास्थ्य रहन मदत मिल्छ ।

जान्नुहोस् हरियो मटर खानको फाइदाहरु:

# जाडो महिनामा चिसो पनि र मौसमको कारण हाम्रो हात खुट्टा सुनिने जस्तो समस्याहरु आउने गर्छ । यस्तो अवस्थामा हामीले हरियो मटर पानीमा उमालेर त्यहि उमालेको पानीबाट मटर छानेर बाकी रहेको पानीमा आफ्नो हात खुट्टा डुबाएर राख्न सक्छौँ । यसको गर्नाले हात खुट्टा सुनिने जस्तो समस्याबाट हामीले छुट्कारा चाडै पाउछौँ ।

# एनिमिया जस्तो रोग भएको रोगिको लागि हरियो मटरको सुप खानु धरै राम्रो हुन्छ । यो सुप संग स्वादको लागि कागतीको रस निचोरेर पनि खान सकिन्छ ।

# हरियो मटरको प्रयोग हमिओले हाम्रो कपाललाई बाक्लो बनाउनको लागि पनि प्रयोग गर्न सक्छौँ ।राति सुत्नु अघि मटरको बाहिरको खोल भिजाएर राख्ने अनि बिहान खोलहरु मज्जाले निचोरेर निकाल्ने र बाकी रहेको झोल कपालको जरा भागमा लगाउने । यसो गर्नाले कपाल बाक्लो पनि हुन्छ र कपाल चाडो पनि बढ्ने गर्छ ।

# शरीर रुपमा कम बल भएको मान्छेले हरियो मटर मज्जाले खानु पर्छ । यो खानाले हाम्रो शरीरमा घरै शक्तिको विकाश हुने गर्छ ।

# मटरको हलुवा बनाएर खाँदा जाडोमा हुने रुगाखोकी जस्तो समस्याबाट छुट्कारा पाइन्छ ।

हरियो मटर खानको फाइदाहरु यस्ता छन् । हामीले दैनिक रुपमा यसको सेवन गर्नाले हाम्रो शरीरलाई यसले एकदम राम्रो गर्छ ।

Leave A Reply

Your email address will not be published.