थाहा पाउनुहोस् घ्यू खानुको फाइदाहरु

0 33

धरै मान्छेहरु घ्यू खान रुचाउछन् तर धरै मोटाउने डरले खानबाट पछि हट्छन् । धरै मान्छेहरुलाई घ्यू खानुको फाइदाहरु पनि थाहा हुदैन । उनिहरु आफ्नो तौल बढ्ने डरले घ्यूलाई हातसम्म पनि लगाउदैनन् । तर वास्तवमा भन्ने हो भने घ्यू खानुको धरै फाइदाहरु हुन्छन् ।

धरैजसो मान्छेहरु घ्यू यसको मिठो स्वादको लाही मात्र खाने गर्छन् । स्वाद मिठो हुनुको साथसाथै यसको अरु पनि धरै फाइदाहरु हुन्छन् । यो फाइदाहरुको बारेमा धरैजसो मानिसहरु अन्जान छन् ।

घ्यूको सेवनले मुटुको रोगलाई टाडा राख्ने काम गर्छ । साथै यसमा फैटी एसिड भएको हुनाले यसले हामीलाई मधुमेह र मुटुको रोगहरुबाट टाडा राख्न मदत गर्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ ।

हामी सोच्छौं कि घ्यू खानले हाम्रो शरीरको तौल मात्र बढ्ने गर्छ तर वास्तवमा भन्ने हो भने घ्यूले हाम्रो पाचन प्रणालीलाई सुधार्न मदत गरिरहेको हुन्छ । यसमा बुतेरिक एसिड हुन्छ जसले अन्तिमको सेललाई सम्म पोषित गर्ने काम गर्छ । साथै यसको सेवनले कहिलेकाँही हुने पेटको जलनलाई पनि भगाउने काम गर्छ ।

गर्भवती महिलेहरुले त यसको सेवन अवश्य गर्नु पर्छ । यसको सेवनले आउने बच्चालाई समेत फाइदा हुने हुनाले गर्भअवस्था देखि नै बच्चालाई घ्यू खुवाउनु राम्रो हो ।

घ्यूमा भिटामिन पनि हुने भएकोले यसको सेवनले अनुहारमा आउने दागलाई पनि हटाउन मदत गर्छ। नाक बन्द भएको अवस्थामा पनि घ्यूको सेवन गर्न सकिन्छ । यसले बन्द भएको नाकलाई खोल्न मदत गर्छ । साथै घ्यूको सेवनले हाम्रो शरीरलाई भित्रैबाट तातो राख्न पनि मदत गर्छ ।

घ्यूले हाम्रो शरीरलाई तागत पनि प्रदान गर्छ । यसमा फ्याट्टी एसिड हुन्छ जसले हाम्रो शरीरलाई तागत दिने काम गर्छ । यसले हाम्रो छालालाई पनि कोमल र सफा राख्न मदत गर्छ । हामीले घ्यूमा अरु पदार्थहरु मिसाएर पेस्ट बनाएर हाम्रो छालामा लगाउन सक्छौँ ।

२ चम्चा घ्यूमा २ चम्चा बेसार र अलिकति पानी मिसाएर हामीले पेस्ट बनाउन सक्छौँ । यो पेस्टलाई हामी हाम्रो अनुहारमा दल्न सक्छौँ । अनुहारमा दलेर २० मिनेट जति राखेर चिसो सफा पानीले अनुहार धुदा हाम्रो अनुहारको छालामा चमक आउन थाल्छ । यस्तो हामीले हप्तामा ३ चोटीसम्म मात्र गर्दा पनि हामीले हाम्रो अनुहारमा आएको राम्रो परिवर्तन देख्न सक्छौँ ।

Leave A Reply

Your email address will not be published.