खानपीनबाट हुने फुडपोइजन बाट बच्ने उपायहरु

0 69

फुडपोइजन भन्नाले साना अपच भएर हुने झाडावान्ता हो । फुडपोइजन विशेष गरि असन्तुलिन खानेकुरा खाने बनिले गर्दा हुने गर्छ । फुडपोइजन धरैजसो मान्छेलाई चाडबाडमा हुने गर्दछ । हामीले सकेसम्म ठिक्क खानेकुरा खाएर यसबाट बच्नु सक्नू पर्छ ।

फुडपोइजन मुख्य त ब्याक्टेरियाका कारणले हुने गर्छ । यो विभिन्न किसिमका इकोली, सालमोनेला जस्ता ब्याक्टेरिया संक्रमणका कारण हुने गर्छ । धरैजसो माछामासु, अन्डा र डेरी पदार्थमा यस्ता ब्याक्टेरियाहरुको छिट्टै संक्रमण भेटिन्छ । हामीले यस्ता खानेकुरा खादा निकै सावधानी अपनाएर खानु पर्छ ।

यसैगरी, बसी, सडेको, केमिकलयुक्त खानेकुरा, प्रदुषित पानी प्युदा, हात नधोई खान पकाउदा/खाँदा, रंग मिसिएको खानेकुरा खाँदा, जंगफुड लगायत केमिकलयुक्त प्याकेटको खानेकुरा खादा पनि फुडपोइजन हुने गर्दछ ।

फुडपोइजन हुदाको थुप्रै लक्षण हुने गर्छन् । भोक नलाग्ने, थाकेको महसुस हुने, झाडापखाला लाग्ने, पेट दुख्ने, टाउको दुख्ने, कामजोरी महसुस हुने जस्ता लक्षण देखिए फुडपोइजन हुनसक्ने सम्भावना हुन्छ । यस्तो लक्षण देखिन थाले हामीले ढिला नगरी यसबाट बच्ने उपायहरु अपनाउन थाल्नु पर्छ ।

हामीले सकेसम्म सावधान भएर खानेकुराको सेवन गर्नुपर्छ र एदी फुडपोइजन भइहाल्यो भने तुरुन्त स्वास्थ जाच गराउनु पर्छ । यसबाट हामीले बच्न थुप्रै उपायहरु अपनाउन सक्छौं । यसबाट बच्ने उपायहरु यस प्रकार छन्:

  • सबै फलफुलहरु मज्जाले सफा पानीले पखालेर मात्र खाने गर्नुपर्छ ।
  • छुट्टा छुट्टै खानेकुराको सेवन एकै चोटी धरै मात्रामा नगर्ने ।
  • खानेकुराहरुमा झिगा भन्किरहेको छ भने तेस्त खानेकुरा नखाने ।
  • खानकुरा पकाई सकेपछि मज्जाले छोपेर राख्ने बनि बसाल्नु पर्छ ।
  • केमिकलयुक्त, पेयपदार्थ , प्याकेटका कह्नेकुरा जस्ता अवास्थ्य खानेकुरा धेरै नखाने ।
  • माछामासु पकाए पछि धेरैबेरसम्म राखेको माछामासु नखाने ।
  • असुद्ध पनि नप्युने । मज्जाले उमालेको पनि र फिल्टर गरेको पनिमात्र प्युने गर्नुपर्छ ।
  • समय समयमा हात धोईराख्ने ।
  • माछामासुको लागि छुट्टै कटिंग बोर्ड बनाउने ।
  • खानेकुरा मज्जाले पाकेपछि मात्र खाने । माछामासु मज्जाले पकाएर मात्र खाने । काँचो नखाने ।
  • डेट याक्सपायर भएका खानेकुरा नखाने । खानेकुरा खानु अघि डेट याक्सपायर समय हेर्ने ।
  • काँचो मासु अरु खानेकुराहरु भन्दा छुट्टै राख्ने ।

अत: फुडपोइजनबाट बच्ने उपायहरु यस प्रकार छन् । हामीले यी उपायहरु लाई ध्यानमा राखेर सहि तरिका अपनायौ भने फुडपोइजन जस्तो बिमारीबाट बच्न सक्छौं । धरै जसो फुडपोइजनको समस्या चाडवाडमा देखिने भएकोले त्येस्ता चाडवाडको झन बेसी सतर्कता अपनाउनु पर्छ । स्वास्थ्य खाने कुरा खाऔँ र सकेसम्म फुडपोइजन हुनबाट बचौं ।

Leave A Reply

Your email address will not be published.