आफ्नो अनुहारको चमक बडाउन यी घरेलु उपाय अपनाउनुहोस्

0 82

आफ्नो अनुहारलाई राम्रो बनाउने चाहना सबैको हुन्छ । सुन्दर देखिने र अरुबाट आफ्नो अनुहारको तारिफ सुन्न पाउदा सबैजना मक्खनै पर्छन् । तर अनुहार जहिले राम्रो भइराख्दैन । अनुहारमा आउने दाग, डन्डीफोर, धब्बा जस्ता समस्याहरुले अनुहारको चमक घटाई दिन्छ ।

डन्डीफोर, दाग, धब्बा जस्ता समस्या विभिन्न कारणले अनुहारमा आउने गर्छ । स्वास्थ्य खानेकुरा नखानाले , बाहिरी प्रदुसनले , आफ्नो अनुहारको हेरचाह नगर्नाले अनुहारमा यस्ता समस्या आउने गर्छ । साथै अरु भित्री रोग र समस्याले गर्दापनिअनुहारमा समस्या आउने गर्दछ ।

तर अनुहारमा एस्त समस्या आयो भन्दैमा अत्तीहाल्नुपर्ने अवस्था छैन । यस्ता समस्याका लागि थुप्रै घरेलु उपायहरु छन् । हामीले सहि तरिकाले यी उपायहरुको प्रयोग गर्ने सक्यौ भने सजिलै संग अनुहारको चमक घर बसी बसी बडाउन सक्छौं । अनुहारमा आउने समस्याका थुप्रै उपायहरु छन् ।केहि उपाय तल बताईएका छन् :

  • मह र बेसर मिसाएर अनुहारमा लगाउने – अनुहारमा गर्मि महिनामा अलिकति महमा बेसर मिसाएर लगाउन सकिन्छ । यो मिश्रण केहि बेरको लागि अनुहारमा लगाएर राख्ने अनि केहि मिनेट पछि सफा पानिले अनुहार धुनाले अनुहारमा चमक आएको हामी आफै हेर्न सक्छौं । यसो गर्नाले गर्मिका कारण अनुहारमा आएको कालोपन हटेर जान्छ ।
  • बेसार र दही मिसाएर बनाएको फेस प्याक – बेसार र दहीको फेस प्याक सजिलै संग घरमै बनाउन सकिन्छ । एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर यो फेस प्याक बनाउन सकिन्छ । यो फेस प्याक मज्जाले घोलेर अनुहारमा लगाउनु होस् र १४ १५ मिनेट पछि सफा पानीले अनुहार पखाल्नु होस् । यस्तै तरिकाले फेस प्याक बनाएर केहि दिन सम्म अनुहारमा लगाईराख्दा दिन दिनै अनुहारको चमक बढ्दै जान्छ ।
  • दही र आलुको फेस प्याक – आलु र दहीको पेस्ट घरमै सजिलैसंग बनाउन सकिन्छ । पहिले एउटा आलुलाई मज्जाले पिसेर त्सको पेस्ट बनाउने अनि त्यो पेस्टमा एक चम्चा जति दही मिसाउनाले दही र आलुको फेस प्याक तयार हुन्छ । त्यसपछि बनेको पेस्टलाई अनुहारमा मज्जाले लगाएर १४ मिनेट जति राख्नु र १४ मिनेट भएपछि सफा पानीले अनुहार धुदा अनुहारमा छुट्टै चमक आउछ । समय समयमा यस्तो पेस्ट बनाएर लगाउदा अनुहार मुलायम र कोमल हुदै जान्छ ।
  • पानी र महको मिश्रण – घरमै बसी बसी २ चम्चा महमा अलिकति मह मिसाएर अनुहारमा लगाउन सकिन्छ । लगाएको केहि मिनेटपछि सफा पानीले अनुहार धुनले अनुहारमा चमक आउन थाल्छ । ३ ४ चोटीको प्रयोगमा बिस्तारि अनुहारमा राम्रो भिन्नता देख्न सकिन्छ ।
  • मह र गाजर – मह र गाजरको पेस्ट विशेसगरि गर्मि महिनामा प्रयोग गर्न सकिन्छ । यो पेस्ट बनाउन पहिले गाजरलाई मसिनो काटेर त्सको पेस्ट बनाउने अनि त्यसमा आधा चम्चा जति मह हालेर बनाउन सकिन्छ । पेस्ट बनिसकेपछि अनुहारमा लगाउने र केहि मिनेट बितेपछि सफा पानीले पखाल्ने ।
  • दुध – दुध अनुहारमा लागाउनले यसले अनुहारको छालालाई कोमल र मुलायम बनाउने गर्छ । सथै यसले अनुहारलाई घामबाट बचाउने काम पनि गर्छ । दिनमा २ चोटी मात्र दुधले अनुहार सफा गर्नाले अनुहारलाई धरै राम्रो गर्छ । अनुहारको लागि दुध ले मोस्टराईजारको काम पनि गर्छ। यो विशेस गरि सुक्खा छाला भएको अनुहारको लागि राम्रो मानिन्छ ।
  • चिनी र दहीको मिश्रण – चिनी अनुहारलाई कोमल बनाउनको लागि एकदमै राम्रो मानिन्छ ।सुक्खा छालालाई मुलायम बनाउन चिनी संग दही मिसाएर अनुहारमा लगाउन सकिन्छ । एक चम्चा चिनीमा एक चम्चा दही मिसाएर अनुहारमा लगाउन सकिन्छ । यस्तो मिश्रण अनुहारमा लगाएर केहि समय सम्म अनुहारको मसाज गरे अनुहारलाई राम्रो हुन्छ ।
  • घिउकुमारी – घिउकुमारी जुनैपनि ठाउमा रोपेर उत्पादन गर्न सकिन्छ । यस्लाई अनुहारको स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ । यो जुनैपनि किसिमको छाला भएको अनुहारमा प्रयोग गर्न सकिन्छ । घिउकुमरिको जेल निकालेर अनुहारमा एक छिन् मसाज गर्नाले अनुहारमा चमक आउन सुरु हुन्छ । अनुहारमा लगाएर केहि समय राखेर सफा पानीले अनुहार धुनाले अनुहारलाई चाहिएको मोइस्टर मिल्छ र अनुहार चम्किलो हुदै जान्छ ।

हामीले घर बसी बसी माथि उल्लेख गरिएका उपायहरु प्रयोग गरेर हाम्रो अनुहारलाई सफा, मुलायम र कोमल बनाउन सक्छौ । यसको प्रयोग गर्नाले हामीलाई धरै फाइदा हुने गर्छ र अरु बाहिरी केमिकल भएको किरिममा हाम्रो पैसा अनावस्यक रुपमा खर्च पनि हुदैन ।

Leave A Reply

Your email address will not be published.