कुकुरको लागि भनेर बनाइयो यस्तो अनौठो डीभाइस

0 65

मान्छेहरु आफ्नो घरमा घरपालुवा जनावरको रुपमा कुकुर पालना अत्याधिक मन पराउछन्। कुकुरलाई इमानदार जनावर भनेर पनि चिनिन्छ। यसले आफ्नो मालिकले भनेको मज्जाले मान्ने र घरको सुरक्षा पनि गर्ने गर्छ ।

संसार भरि कुकुरका धरै प्रकार छन्। तपाईहरुले धरै प्रकारको कुकुर देख्नु भएको होला तर कुकुरको लागि बनेको विभिन्न अवास्करको बारेमा तपाईहरुलाई थाहा छैन होला। अहिले बजारमा कुकुरको लागि भनेर एउटा चमत्कारी डीभाइस आइसकेको छ ।

यदि तपाईहरु पनि आफ्नो घरको घरपालुवा जनावर कुकुरलाई इमान्दार बनाउन चाहनु हुन्छ भने यो डीभाइसको प्रयोग गर्न सक्नू हुन्छ ।

आविस्कार भएको डीभाइसको सहायताले अब कुकुरलाई रिमोटको सहायताले चलाउन सक्नूहुन्छ ।यस्तो कसरी हुन सक्छ भन्ने अहिले यहाहरुलाई लागि रहेको होला ।

इजरायलको बेन गुरियन विश्वोविध्यालयले यस्तो डिभाइसको आविस्कार गर्न सफल भएको छ जसको प्रयोगले कुकुरहरुलाई रिमोटको सहायताले कन्ट्रोल गर्न सकिन्छ। आविस्कार भएको डिभाइसले भाइब्रेसनको सहायताले कुकुरलाई सन्देश दिने गर्छ र त्येही सन्देशको अधारमा कुकुरले आफ्नो मालिकको भावनालाई बुझेर त्यहि अनुसार आज्ञा पालना गर्ने गर्छ ।

यस्तो डिभाइस अरु केहि नभएर एउटा खास किमिसमको विशेस ज्याकेट हो। यो ज्याकेटलाई सजिलै संग कुकुरको ढाडमा लगाई दिन सकिन्छ। ज्याकेटमा एक प्रकारको सेन्सर लगाईदिएको हुन्छ जसबाट भाइब्रेसन दिईन्छ र कुकुरको गतिविधिलाई कन्ट्रोल गर्न सकिन्छ। यसको आविस्कारले कुकुरहरुको मालिकलाई आफ्नो घरपालुवा कुकुरलाई नियन्त्रणमा ल्याउन सहज भएको छ ।

यदि तपाईहरुको घरमा पनि घरपालुवा जनावरको रुपमा कुकुर पाल्नु भएको छ भने यस ज्याकेटको प्रयोग गर्न सक्नू हुन्छ। यसको प्रयोगले आफ्नो कुकुरलाई तपाई पनि आज्ञाकारी बनाउन सक्नू हुन्छ ।

Leave A Reply

Your email address will not be published.