प्लास्टिक र पोलिथिन पदार्थहरुले जनावरहरुलाई यस्तो हानी

0 32

प्लास्टिक र पोलिथिन पदार्थहरुसंग हामी परिचित नै छौँ । पहिले जब यस्ता पदार्थहरुको आविस्कार भयो तब यस्लाई चमत्कारको रुपमा लिइन्थ्यो । यसले विभिन्न काममा सहजता पुर्याएको छ । पोलिथिनहरु हामी धेरजसो बजारजादा समान बोक्ने वस्तुको रुपमा प्रयोग गर्ने गर्छौं । तर आज आएर यास्ता पदार्थहरु जीवजन्तुहरुका लागि अविश्राप बन्न पुगेको छ ।

प्लास्टिक र पोलिथिन जस्ता पदार्थहरुको कारण आज पुरा पृथ्वी नै संकटमा आउन पुगेको छ ।त्यसैले अहिले वाकिज्ञानिकहरु पनि यसको विकल्पको खोजमा व्यस्त हुन थालेका छन् र केहि हद सम्म सफल पनि भइरहेका छन् ।

एउटा रिपोर्ट अनुसार संसारभरिको प्लास्टिक खतम गर्नु छ भने अझ हामीलाई ३ ४ हजार वर्ष लग्न सक्छ । यसबाट हामीले अनुमान गर्न सक्छौ कि हामीले पृथ्वीलाई कति सम्म हानी पुर्याईसकेका छौँ । हामी प्लास्टिक र पोलिथिन जुनै देश,शहर, ठाउँहरमा भेट्न सक्छौं किनभने यसको प्रयोग संसारकै सबै ठाउँमा हुँदै आएको छ ।

यिनै प्लास्टिकहरुले समुन्द्री जीवजनावरलाई धरै हानी पुर्याईरहेको छ । सामन्य हानी मात्र नभएर यसले ती जीवजनावरहरु ज्यान समेत लिरहेको छ । यस्ता पदार्थहरु उहिले देखिनै चलनमा भैईरहे पनि यसको नराम्रो हानिको बारेमा भने अहिले मात्र थाहा हुँदै छ । २०१५ सालमा मान्छेहरुलाई पोलिथिनहरुको प्रयोग गर्नबाट रोक्न 5पी फि को उत्घाटन गरिएको थियो ।

पोलिथिनहरु नाकुहेना पदार्थहरु हुन् । एउटा वेबसाइट अनुसार १ पोलिथिनलाई माटोमा हराउन कम्तिमा पनि ४०० वर्ष सम्म लग्न सक्छ ।

प्राकृतिक वातावरण अनुसार वर्षमा कम्तिमा पनि १००००० समुन्द्री कछुवाको मृत्यु पोलिथिन पदार्थ खाएर हुने गर्छ । अस्ट्रेलियामा १ वर्षमा ५० मिलियन फोहोर पोलिथिन झोलाहरु थुप्रिने गर्छन । धरै मान्छे अनुसार पोलिथिन झोलाहरुको विकल्प कागजको झोला हुने सक्छ तर कागजका झोलाहरुले पनि वातावरणमा नराम्रो असर गर्नेगर्छ ।

यस्ता पोलिथिन झोलाहरुको सबै भन्दा राम्रो विकल्प भनेको दोहोराएर चलाउनु मिल्ने झोलाहरु हो जस्तै जुटको झोला । पोलिथिन र प्लास्टिक पदार्थको संक्या हामीले कम गर्ने सके वातावरणलाई सुधार तर्फा लान सकिन्छ । अनावश्यक ढंगबाट यस्ता पदार्थको हामीले प्रयोजन रोक्नु पर्छ ।

Leave A Reply

Your email address will not be published.