यदी तपाई होमआईसोलेसनमा बस्नु भएको छ भने, यो रुटिनको पालना गर्नुहोस्

0 50

अहिलेको बढ्दो कोरोना संक्रमणको अवस्था त हामीलाई थाहानै छ । यस्तो अवस्थामा धरै मान्छेहरु होमआईसोलेसनमा बस्न बाध्य भएका छन् । तर होमआईसोलेसनमा मात्र बसेर रोग निको हुने गर्दैन. हामीले स्वास्थ्य जीवनसैली पनि अपनाउन सक्नूपर्छ ।घर बसी बसी आफ्नी इम्युनिटी पावर बढाउन सक्नू पर्छ ।

यदी तपाईपनि होमआईसोलेसनमा बस्नु भएको छ र आफ्नी इम्युन्टी पावर कसरी बढाउने कुराको सोचमा हुनुहुन्छ भने, यो रुटिनको पालना गर्नु होस् ।

  • विहान चाडो ६ बजे उठ्नु होस् ।
  • ६ बजे उठेर फ्रेस भएपछि ६:३० देखि ७:०० बजे सम्म आधा घण्टा योगा अथवा शारीरिक व्यायाम गर्नुहोस् ।
  • व्यायाम सकेपछि तातो कागतीपानी प्युनुहोस् ।
  • एक छिन् आराम गरेर ७:३० – ८:०० बजे सम्म नास्ता गर्नुहोस् ।
  • नास्तापछि ८:३० बजे मनतातोपानीमा बेसार हालेर १ गिलास प्युनुहोस् ।
  • बिहानको ९:०० बजे तातोपानीमा सन्चो हालेर ५ देखि १० मिनेटसम्म वाफ लिनुहोस् ।
  • एकछिन् आराम गरेर ९:३० बजे बिहानीको खाना खानुहोस् ।
  • खाना खाईसकेपछि १० १५ मिनेट पछि भिटामिन बि , सी र ई को एकएक गोलि खानुहोस् ।
  • भिटामिनको सेवनपछि १०:३० बजे तिर तातो पनि (गुर्जो , तुलशी लगायत अन्य कडा जडीबुटीको मिश्रण भएको) १ गिलास प्युने ।
  • ११:०० बजे १ कप चिया प्युने ।
  • आराम गर्ने अनि १२:०० बजे तिर १ गिलास कागतीपानी प्युने ।
  • १ देखि २ बजे भित्र दिउसोको खाजा खाने ।
  • ३ बजे तिर तातोपानमा सन्चो हालेर फेरी ५ देखि १० मिनेट सम्म वाफ लिने ।
  • वाफ लिसकेर पुरै १ घण्टा (४:०० देखि ५:०० बजे सम्म) आराम गर्ने ।
  • ५:३० बजे तिर फेरी तातो पनि (गुर्जो , तुलशी लगायत अन्य कडा जडीबुटीको मिश्रण भएको) १ गिलास प्युने ।
  • ६:०० देखि ७:०० बजे सम्म १ घण्टा योगा अथवा शारीरिक व्यायाम गर्नुहोस् ।
  • ७:०० तातोपानीमा कागती हालेर १ गिलास प्युने ।
  • ७:३० देखि ८:३० बजे सम्म रातिको खाना खाने ।
  • रति ९:०० फेरी तातोपानमा सन्चो हालेर फेरी ५ देखि १० मिनेट सम्म वाफ लिने ।
  • ९:३० बजे तिर तातो पनि (गुर्जो , तुलशी लगायत अन्य कडा जडीबुटीको मिश्रण भएको) १ गिलास प्युने ।
  • खाटमा सुत्न छिर्नु अघि १ गिलास तातो दुधमा बेसर मिसाएर प्युने ।

यस प्रकार छन् होमआईसोलेसनमा बस्दा पालना गर्नुपर्ने रुटिन । यो रुटिनको पालना २० २५ दिनसम्म पालना गर्न सकियो भने हामीले घर बसीबसी आफ्नी शरीरको इम्युनिटी पावर बडाउन सक्छौँ र शारिरलाई जुनै रोगसंग लड्न पनि बलियो बनाउन सक्छौँ। यदी कोइ कोरोना संक्रमणका कारण होमआईसोलेसनमा बस्नु भएको छ भने यो रुटिनको पालना गर्न सक्नू हुन्छ ।

Leave A Reply

Your email address will not be published.