आँखाको हेर्ने शक्ति बढाउन यी टिप्सहरुको प्रयोग गरौँ

0 37

आँखा शरीरको नाजुक अंगहारुमा एक अंग हो । आँखा नभएको अवस्थामा हामी केहिपनि देख्न सक्दैनौ र हाम्रो जीवन अन्धकार हुन्छ । जीवनको सुन्दर पालहरु हेर्न आँखाको आवश्यक पर्छ । आजकलको मोबाइल फोन र कम्प्युटरको जमानामा आँखा काम्जोर हुने समस्या धरैजसो सबै व्यक्तिमा देखिने गर्छ ।

आजकल मान्छेहरु दिनमा ७ ८ घण्टा नै मोबाइल फोन र कम्प्युटरको प्रयोग गर्छन् । यस्तो अवस्थामा दिनदिनै मान्छेहरुको आँखा काम्जोर हुदै जाने गर्छ र चस्माको नं पनि बढ्ने गर्छ । धरैबेर सम्म फोन र कम्प्युटर चलौनाले आँखामा समस्या आउने हुन्छ र आँखा काम्जोर हुदै गएको कारण चस्मा वा लेन्स लगाउनै पर्ने अवस्थाको सिर्जना हुन्छ । चस्माले मान्छेको पेर्सोनालिटीलाई पनि अलि काम गर्ने गर्छ ।

आँखा काम्जोर हुनबाट बच्नको लागि थुप्रै घरेलु उपायहरु पनि हामीले अपनाउन सक्छौँ र आँखाको हेर्ने शक्तिलाई बडाउन सक्छौँ । यस्ता घरेलु उपायहरु अपनाएर ह,ई चस्मा र लेन्सहरुबाट छुट्कारा पाउन सक्छौँ । केहि उपायहरु यस प्रकार छन् :

१. रति सुत्नु अघि पानीमा बदाम भिजाएर राख्ने र बिहान उठेर भिजाएको बदाम दुधसंग खादा आँखाको शक्ति बढ्न मदत गर्छ ।

२. हरेक दिन तामाको भाडामा राखिएको पानी प्युनाले पनि आँखाको शक्ति बढ्छ ।

३. हरेक बिहान उठेपछि चिसो पनिले आँखा धुनु पर्छ । चिसो पानीले आँखा धुदा दिनभर फ्रेस भएको महसुस हुन्छ ।

४. आँखाको थकाई हटाउन आफ्नो दुई हात्केला एक आपसमा रगडेर तातो भएपछि आफ्नो आँखामा राख्नु पर्छ ।

५. आँखा धरै थाकेको छ भने गुलाब जलको प्रयोग पनियो गर्न सकिन्छ ।

६. रति सुत्नु अघि सौफ, मिश्री र बदामको मिश्रण दुधसंग खाने . यसो गरेपछि साधा पानी नप्युने ।

७. अमला स्वास्थ्य र कपालको लागि एकदमै राम्रो मानिने भएकोले हप्तामा २ ३ चोटी यसको सेवनले आँखामा पनि राम्रो असर गर्छ ।

८. ओखरको सेवनले पानो आँखाको तेज बडाउन मदत गर्छ . ओखरको तेलले आँखाको वोरिपरी मालिस गर्न पनि सकिन्छ ।

माथि लिखिएका उपायहरु दैनिक रुपमा प्रयोग गर्नाले हामीले हाम्रो आँखाको शक्ति बडाउन सक्छौँ।

Leave A Reply

Your email address will not be published.