प्रत्येक दिन लस्सीको सेवनले यस्तो फाइदा हुने

0 25

लस्सी एकदमै मिठो स्वाद भएको खानेकुरा भनेर चिनिन्छ । धरैजसो मान्छेहरु लस्सीको सेवन यसको मिठो स्वाद भएको कारण मात्र गर्छन् । मिठो स्वादको लागि मात्र सेवन गरिने भएकोले यसको दैनिक सेवनबाट हुने फाइदाहरु बारे धरैलाई थाहा नहुने गर्छ ।

ताजा दहीबाट बनिएको लस्सीले हाम्रो स्वास्थ्यलाई धरै राम्रो गर्ने गर्छ । यसमा भरपुर रुपमा क्यल्शियम हुन्छ जसको सेवनले हाम्रो शारिरको हड्डीहरुलाई दह्रो बनाउन मदत गर्छ । नियमित रुपमा लस्सीको सेवन गर्नाले हाम्रो शरीरको पाचन शक्ति पनि बढ्छ ।

दैनिक रुपमा लस्सी प्युनुको फाइदा धरैलाइ थाहा हुदैन । स्वादको लागि मात्र यसको सेवन गरिने भएकोले धरै मान्छेहरु यस्ले स्वास्थ्यमा गर्ने फाइदा बारे जान्न इच्छा राख्दैनन् । नियमित रुपमा लस्सीको सेवनले हुने फाइदाहरु यस प्रकार छन् :

  • लस्सीमा इलेक्ट्रोलाइट र पानीको मात्रा धरै भएको कारणले गर्दा यसको दैनिक सेवनले शरीरमा पानीको कामी हुस दिदैन । साथै लस्सीको सेवनले शरीरको इम्युनिटी पावर बडाउन पनि मदत गर्नेगर्छ ।
  • देउसोको खाजा पछि लस्सीको सेवन गर्दा शरीरलाई राम्रो हुन्छ भन्ने मानिन्छ । यसमा पाईने गुणहरुले पाचन शक्तिलाइ राम्रो बनाउन मदत गर्छ ।
  • एसिडिटी जस्रो समस्या भएको मान्छेले ट झन् लस्सीको सेवन बडी मात्रमा गर्नु राम्रो हो । लस्सीको तापक्रम चिसो हुने भएकोले हार्टबर्न र अपच जस्तो समस्याबाट यसले आराम दिने गर्छ।
  • लस्सीमा क्याल्सियमको मात्रा पनि भएकोले यसको सेवनले शरीरको हड्डी र मांसपेश दह्रो हुने गर्छ ।

यस कारण लस्सी स्वादमा मिठो हुनको साथै हाम्रो स्वास्थ्यको लगि पनि धरै फाइदाजनक हुन्छ । हड्डी कमजोर भएकाले झन् यसको सेवन गर्नु पर्छ किनभने यसमा क्याल्सियमको मात्रा बेसी हुन्छ । स्वास्थ्य रहनको लागि लस्सी प्युनु जति सजिलो र मिठो उपाय अरु केहि हुन सक्दैन ।

Leave A Reply

Your email address will not be published.