About us

हाम्रो बारे
उज्ज्वल खबर डटकम नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यो समाचार पोर्टल सम्पूर्ण नेपालीहरुको हो र येस्मा संसारमा भइरहेको सम्पूर्ण ताजा खबरहरु
समावेस गरिन्छ । नेपाल आमाको कैयौ बहादुर सन्तानको सहयोग र बलिदानको बदलामा हामीले लोकतान्त्रिक गणतन्त्र हासिल गरेका हौँ ।
सकारात्मक परिवर्तन गर्नका लागि हामी प्रतिबद्ध छौँ । नागरिक अधिकार, लोकतान्त्रिक गणतन्त्र , रास्ट्रियता लगायत प्रेस स्वोतनत्रताको पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ ।

राष्ट्रको सामाजिक , राजनीतिक र आर्थिक मुद्दाहरुमा उज्ज्वल खबरले समयसमयमा सम्पूर्ण देशवशीहरुलाई ताजा ताजा समाचार, रिपोर्टहरुका अन्तरिक शिक्षा , विज्ञानप्रविधि, जीवनशैली,
स्वास्थ्य, मनोरंजन , खेलकुद लगायतका खबरहरु दिइरहने छ । साथै देशभंरिको खबरमात्र नभएर अन्तराष्ट्र खबरहरु पनि एस समाचार पोर्टलमा पढ्न सकिन्छ । देशविदेशमा छरिएका नेपालीहरुको
हालखबर र अन्तराष्ट्रिय समाचार पनि पोस्ट हुन्छन् ।

डिजिटल सामग्रीको सहायताले हामी हाल भइरहेको गतिविधिको हामी अभिलेख राख्छौं । यस समाचार पोर्टलमा सम्पूर्ण प्रदेशहरुको समाचारलाई बराबर प्राथमिकताका साथ समावेशगरि
प्रकासित गरिन्छ ।

हामी के गर्छौ ?
उज्ज्वल खबरको प्राथमिकता भनेकै नेपाल देशलाई शान्त, सभ्य र समृद्ध बनाई सम्पूर्ण नेपालीको जीवनमा खुसियाली ल्याउने हो । जनमानसमा, पत्रकारहरु नराम्रा विषयका, ब्रस्टचारका, बिग्रेका, भत्केका
समाचारहरु मात्र लेख्छन् भन्ने छाप रहेको छ । तर उज्ज्वल खबरले यी मात्र समाचार प्रकाशन नगरेर अरु राम्रा र सूचनामुलक समाचार पनि प्रकाशन गर्छौं । हामी नराम्रो काम गर्नेलाई मात्र बेनकप नगरेर राम्रो
काम गर्नेलाई शुभ साइतको रातो टिका पनि लगाईदिन्छौं । समाजमा सबै राम्रो काम काम मात्र गर्ने मान्छे हुदैनन् , कसैले नराम्रो काम गर्छ भने हामी त्यस मान्छेको बिना हिच्किचाहट सबै सामु उसलाई बेनकाप
पनि गर्छौं ।

हामी कुनै प्रलोभनमा परेर राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बनाउने काम गर्दैनौं । राम्रो काम गरेको छ भने राम्रै भन्छौं र नराम्रो काम गरेको छ भने जो कोहि भएपनि नराम्रो नै भन्छौं । जस्तो अवस्था छ तेस्तै भन्ने हामीसंग
नैतिक बल छ । हाम्रो प्रमुख दयित्वो भनेको आवाजहिन नागरिकको आवाज हुने र उनिहरुको हकअधिकारको रक्षा गर्ने र वडा सदस्यदेखि राष्ट्रपति लगायत प्रधानमन्त्रीसम्मलाई आआफ्नो कर्तव्यप्रति जिम्मेवार तुल्याउने हो ।
हामी निजि क्षेत्रका गतिविधिमा पनि निगरानी राखिरहन्छौँ । हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी भनेको भुइँफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हो ।

पत्रकारिताको प्रमुख हतियार भनेकै प्रश्न भएको कारण हामी पनि जस्तोसुकै घटना र विषयमा के,कहाँ,कसरी,किन, कस्ले र कहाँबाट जस्ता प्रश्नको जवाफ खोज्छौं । भइसकेको घटनाको मात्र हैन, हामी त्यसको पृष्टभूमिबारे विश्लेशण
प्रस्तुत गरेर भविष्यमा के हुनेछ भन्ने आँकलन पनि गर्छौं ।

हामी को हौँ ?

हाम्रो उज्ज्वल खबरको संचालक संस्था समाचार पोर्टलको अध्यक्ष हुन्

हामी के चाहन्छौं ?

दर्शकहरु विश्वोको जुनसुकै कुनामा भएपनि सिधै www।ujjwalkhabar।com लगइन गरेर वा ट्वीटर, फेसबुक यूट्युब लगायतका सामाजिक संजालमा हामीसंग सजिलै जोडिन सक्नूहुन्छ ।
तपाईहरु पनि सूचना, तस्बिर, भिडियो हामीसंग बाडेर र आफ्नो प्रतिक्रिया दिएर हाम्रो उज्ज्वल खबर परिवामा सामेल हुन सक्नू हुन्छ । तर सामग्री जुटाउने क्रममा कुनैपनि कानुन भने उल्लंघन नगरिदिन
हामी सबैलाई आग्रह गर्दछौँ । राष्ट्रिय शान्तिलाई हानि हुने, कसैको धार्मिक सद्भावना चोट पुग्ने, गैरकानुनी , आरोप र गालीगलौजपूर्ण , कसैको अपमान हुने खालका कुनै पनि सामग्री उज्ज्वल खबरमा नपठाईदिन
अनुरोध गर्द छौँ ।

उज्ज्वल खबरमा पठाइएको सामग्री मौलिक, सत्य, शिष्ट र सृजनात्मक हुनु पर्ने छ । आफ्नो नाम भन्दा अरुको नाम राखेर नक्कली पहिचान बनाएर अपमानजनक सामग्री नपठाउनु होला ।
एउटी सामग्री बारम्बार र छलफल बाहिरको सामग्री पनि नपठाउनु होला ।

यस वेबसाइटमा समावेस भएका सम्पूर्ण सामग्रीहरुको कपीराइट , पेटेन्ट , ट्रेडमार्क, दिजाइनक अधिकार र अरु बौद्धिक सम्पत्तिमाथिको सबै अधिकार उज्ज्वल खबरको हुन्छ । यो वेबसाइटबाट अनुमति प्राप्त
संस्थाहरुमा निहित रहेकाले यसको कुनैपनि सामग्री कुनैपनि हिसाबले फोटो, टेकस्ट , अडियो र भिडियोका रुपमा पुनर्उत्पादन गर्नु अघि हामीसंग अनुमति लिनु आग्रह गरिन्छ ।

उज्ज्वल खबरको सामग्री गैरव्यापारिक निजिप्रयोजनमा बाहेक अरुमा नक्कल गर्न, तोडमोड गरेर प्रकाशित गर्न वा डाउनलोड गर्न, प्रकाशन गर्न र पोस्ट गर्ने जस्तो गैरकानुनी काम गर्न पाईदैन ।
कुनै अनुमति बिना यी कार्य गरेमा नेपालको र अन्तराष्ट्रिय कपीराइट कानुन वा अन्य कानुन बमोजिम कारवाही हुनुपर्ने हुन्छ ।

सबै दर्शकहरु उज्ज्वल खबरको शर्त र नियमहरु पालना गर्न तयारी हुनुहहुन्छ भन्ने आशा राख्द छौँ र हुनुहुन्न भने यस वेबसाइट प्रयोग नगर्न वा यसमा आफ्नो सामग्री नापठाउन आग्रह गर्द छौँ ।